२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

विमला वलीलाई अपहरण गरेको आरोप एमालेद्वारा खारेज, वली एमालेकै सांसद भएको दाबी



बुटवल । नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोपलाई खारेज गरेको छ ।

सांसद वलीले पत्रकार सम्मेलन गरेर आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाए लगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर नै अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो ।

एमाले प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले वली आफैले मुख्यमन्त्रीसँग भेट गर्ने इच्छा व्यक्त गरेपछि सँगै लिएर आएको बताए ।

ढकालले वली नेकपाबाट चुनाव लडे पनि पृष्ठभूमि र पार्टी विभाजन पछि संसदीय दल र दाङ जिल्ला कमिटी बैठकमा सहभागी भएका कारण उनी एमालेकै सांसद भएको दाबी गरे । एमाले सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टी केन्द्रको स्पष्टीकरण लिएर उनको घरमा पुगेको ढकालले बताए । ढकालले भने, अमिलियाबाट बुटवलसम्म आईपुग्दा विमला राजिखुसी नै देखिएको बताए ।

ढकालले भने, ‘मुख्यमन्त्रीसँग कुरा भए लगत्तै आफैले एमाले बन्न तयार हुनुभयो । उहाँलाई बाहिर बस्ने ब्यवस्था मिलाईएको थियो । तर उहाँले म मेरो अभिभावकसँगै बस्छु भनेपछि त्यहीँ बस्न दिईएको हो ।’ विमला आफैले एमालेमा रहेको भन्दै विज्ञप्ति जारी गरेको बताउँदै ढकालले माननीय जस्तो मान्छेले बिरामी छु रेष्ट गर्छु भनेपछि त्यस दिन प्रेस मिट नगरिएको बताए । उनले भने, ‘माननीयय जस्तो मान्छेलाई जबर्जस्ती प्रेस मिट गराउन सकिएन नि !’

ढकालले विमलासँगै सरस्वती गौतमलाई पनि साथी बस्न राखेको कुरालाई स्वीकार गरे । ढकालले जे भयो सबै उहाँकै ईच्छामा र सहमति गरिएको दाबी गरे । अब अध्यक्ष केपी ओलीको स्पष्टीकरणको उत्तरमा एमालेमै छु भनेर उत्तर दिएकोले कारवाही नगरिएको बताउँदै उनले अब पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ३३ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा