१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान : साउन २७ गते मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा छलफल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमाथि साउन २७ गते छलफल हुने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार बिहीबार सूचना प्रकाशित गरी प्रदेश प्रमुख शेरचनले २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।

यही साउन १८ गते विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले सोही दिन प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

८० सदस्यीय प्रदेशसभामा विपक्षी दलहरुसँग ४१ जना सांसद रहेका छन् । सत्तापक्षसँग ३८ जना मात्र सांसद रहेका छन् । तीन दिनअघि सांसद विमला वली खत्री एमालेमा फर्किएको विज्ञप्ती सार्वजनिक गरिए पनि आज वली स्वयंले पत्रकार सम्मेलन गरेर आफु माओवादी केन्द्रमै रहेको प्रष्ट पारेकी छिन् । वलीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको आरोप लगाएकी छिन् । यद्यपी, वलीको यो आरोपलाई एमालेले अस्वीकार गरेको छ ।

 

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ४८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग