२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कोरोना कहर : उपचार व्यवस्थापनमा के गर्दैछ सरकार ?



काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ ।

मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पु(याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पु(याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट(एच.डी.यु.) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’

विगतमा प्रति हप्ता १५ मेट्रिटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल एक सय २० मेट्रिकटन आपूर्ति भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै जिल्ला र १९ वटा ठुला अस्पतालहरुमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोतको सुनिश्चितता गरिएको भन्दै भदौभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

देशभर एक हजार आठ सय स्थानमा खुला सिमा रहेका छन् । उत्तरतर्फ चीनको रसुवा गढी र तातोपानी नाका, दक्षिणमा भारतसंग जोडिएका पशुपति नगर इलामदेखि दार्चुलाको पुलघाटसम्म गरी १३ वटा तोकिएका प्रवेश विन्दुमा हेल्थ डेस्क स्थापना गरीएका छन् ।

जसअन्तर्गत् गत हप्तासम्म चार लाख २२ हजार आठ सय ५४ जनामा स्क्रीनिङ गर्दा ७७ हजार पाँच सय ४६ जनाको कोरोना परिक्षण गरीएको थियो । सो क्रममा चार हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो ।

सीमा नाकामा परिक्षण गर्दा औषतमा पाँच प्रतिशतमा संक्रमणदर रहेको छ । अधिकांश सिमानाकामा हेल्थ डेस्क स्थापना गरीएको र केहि स्थानमा हेल्थ डेस्क बन्ने क्रममा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ४५ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित