१ पुस २०८२, मंगलबार | December 16, 2025

स्वास्थ्य मन्त्रालयबाट देशभर एक हजार ४३३ खोप केन्द्र थपिए



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।

खोप लगाउनेको भीड हुन थालेपछि देशभर खोप केन्द्र थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार चार सय ३३ खोप केन्द्र थप गरिएको छ ।

पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र रहेका थिए । अहिले थप गरेर चार हजार चार सय २२ खोप केन्द्र पुगेका छन् ।

काठमाडौं उपत्यकामा पनि ८३ खोप केन्द्र थप गरिको अब उपत्यकामा खोप केन्द्रको संख्या एक सय ४९ पुगेको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको थियो । अहिलेसम्म ४४ लाख तीन हजार २१ जनाले पहिलो डोज र २२ लाख आठ हजार ५५ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज