७ चैत्र २०८२, शनिबार | March 22, 2026

भेरी अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु



बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्युहुनेमा गुलरिया नगरपालिका-९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका-२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनःबढ्दै गएको छ ।

सङ्क्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनःसचेत पारेको छ । परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई सङ्क्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : ४२ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा