१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सरकारकाे पहिलाे प्राथमिकता खाेप –  मुख्यमन्त्री पाेखरेल



कावासाेती । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारकाे  पहिलाे प्राथमिकता खाेप भएकाे बताएकाछन् ।

कोरोना महामारीका कारण जनतालाई सहज रूपमा खाेप लगाउन प्रदेश सरकार लागि परेकाे बताउदै मुख्यमन्त्री पोखरेलले  काेरनाबाट जनताले मुक्ति पाउन कोरोना विरुद्धको खोप अहिलेकाे महत्त्वपूर्ण आवश्यकता भएकाे बताए । पोखरेलले  सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा  लागिपरेकाे बताए । उनले सरकारले  खाेपकाे लागि आवश्यक बजेटको समेत प्रबन्ध मिलाएकाे छ  प्राथमिकता र माग अनुसार प्रदेशमा खोप उपलब्ध गराउदै  जाने बताए ।

आज देवचुली उद्योग वाणिज्य संघले दलदलेमा गरेकाे बधाई तथा स्वागत कार्यक्रममा बाेल्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशकाे  समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशकाे बिकास हुने बताए ।  उनले भने, ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार  गर्न सरकार तयार छ।’

राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाउदै उनले कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने जनाए ।

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको मुख्यमन्त्री पाेख्रेलको भनाइ थियो । लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यप्रति सरकार स्पष्ट रहेको भन्दै उनले लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार तयार रहेको बताए । उनले भने, ‘तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूरा गर्न सकिन्छ ।’

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग छलफल भएकाे बताए । मुख्यमन्त्री पाेख्रलेले नवलपुरकाे विकासका लागि आफू लागिपरेकाे बताउदै दलदले बुलिङ सडक स्तरउन्नतीका लागि  सरकारकाे पहिलाे प्राथमिकता मा परेकाे जनाए । उनले नवलपुरमा ट्रमा सेन्टर स्थापना, अन्तर्राष्ट्रिय रङ्गशाला,स्थापनाका लागि पहल गरिरहेकाे समेत बताए ।

शनिवार गृह जिल्ला आईपुगेका मुख्य मन्त्री जिल्लाका  दर्जनौं कार्यक्रमा सहभागी भएका थिए  ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : १३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो