२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गण्डकीमा मास्क नलगाउनेलाई कारबाही, एक लाखभन्दा बढी संकलन



गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।

साउन १७ गतेदेखि शनिवारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवम् ट्राफिक नियमसँग सम्बन्धित ९ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो ।

मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप एक लाख ३७ हजार संकलन गरिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : २४ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा