१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा पेश हुने



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पाटीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक आजै दिउँसो ३ बजे बस्दै छ ।

एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी बैठकले संशोधन प्रस्ताव पारित गरेको उपाध्यक्ष वामदेव गौतमले बताए ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पारित भएको छ । यी प्रस्तावमाथि पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु भने विगतमा जस्तै अनुपस्थित नै भए ।

पार्टीभित्र चरम विवादको अवस्थामा रहेको एमालेमा नेपाल पक्षले पार्टी एकताका लागि सबै भेला बैठक रोकेर सम्मानजनक सहमति कायम गरिनुपर्ने माग राख्दै आएको छ । सो पक्षले आफ्ना समानान्तर गतिविधि भने जारी नै राखेको छ । तर, संस्थापन पक्षले भने पार्टीको संगठनात्मक गतिविधि नरोकिने भन्दै निरन्तर बैठक भेला र महाधिवेशनकै घोषणा गरिसकेको छ । पार्टी एकताको नामममा अल्मलिन नसकिने पार्टीमा फर्किनेहरुलाई जहिले पनि स्वागत गरिने संस्थापन पक्षले बताउँदै आएको छ ।

 

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान