२० असार २०८३, शनिबार | July 4, 2026

एमसीसीमा फेरियो ओलीको बोली, संशोधन नगरि पास गर्न नहुने भनाई



काठमाडौं । सत्तामा रहँदा सम्म एमसीसी पारित गर्न नदिएर नेपालको विकासलाई पछाडि ढकेलिएको आरोप लगाउने गरेका एमाले अध्यक्ष केपी ओलीले सत्ताबाट बहिर्गमन भएलगत्तै एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएका छन् । प्रधानमन्त्रीमा बहाल हुँदा हरेक भाषणमा एमसीसी पास गर्न नदिएर आफुलाई असफल बनाउन खोजिएको भन्दै विपक्षीका विरुद्ध कडारुपमा प्रस्तुत हुने गरेका अध्यक्ष ओलीले सत्ता छोडेसँगै पार्टीको कार्यदलले दिएको सुझाव अनुसार संशोधन गरेर मात्र पास गर्न सकिने बताएका छन् ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताए । उनले सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको टिप्पणी गरेका थिए ।

हाल सत्तामा रहेका नेताहरुकै कार्यकालमा एमसीसी सम्बन्धी सम्झौता भएको उल्लेख गर्दै ओलीले एमसीसीको सत्तारुढ दल बारेमा किन बोल्न नसकेको ? भने प्रश्न गरेका थिए । संसदमा देउवाले प्राप्त गरेको १६५ मतलाई ब्यङ्ग्य गर्दै ओली ले भने, – ‘१ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’

ओलीले एमालेले सशक्त प्रतिपक्षको भुमिका खेल्ने उल्लेख गर्दै सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको आरोप लगाए । उनले सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिँगौरी खेल्न आए सिङ्ग भाँचिने चेतावनी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ३५ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको