२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

लुम्बिनीको विशेष अधिवेशन स्थगित गर्न दायर रिट न्यायाधीस प्रकाशमानसिंह राउतको इजलासमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रक्रिया रोक्न एमाले सांसदले दायर गरेको रिट न्यायाधीस प्रकाशमा सिंह राउतको इजलासमा परेको छ ।

सर्वोच्च अदालतमा सो रिटमाथि आज सुनुवाइ हुँदैछ । लिला गिरीसहितका एमाले सांसदले भोलि साउन द्दठ गतेका लागि बोलाइएको प्रदेशसभा विशेष अधिवेशन रोक्न माग गर्दै सोमबार रिट दायर गरेका थिए ।

प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाउनु संविधान विपरित भएको तर्क गर्दै एमाले सांसदले रिट दायर गरेका थिए । एमाले सांसदले संविधानको धारा १६८ को उपाधारा १ बमोजिम बनेको आफ्नो पार्टीको एकल बहुमतको सरकार विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै आएका छन् ।

त्यसअघि गत शुक्रबार पनि अधिवक्ता प्रवेश केसीले रिट दायर गर्न खोज्दा हकदैया नभएको भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

न्यायाधीस राउतको इजलासले अन्तरिम आदेश जारी गरेमा भोलिको विशेष अधिवेशन रोकिने छ । तर इलसाले अन्तरिम आदेश जारी नगरेमा भने भोलि दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्नेछ । आजसम्मको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पोखरेल स्वतः अल्पमतमा रहेको देखिएका छन् । एमालेको पक्षमा ३८ जना मात्र सांसद रहेका छन् । तर विपक्षी गठबन्धनको पक्षमा भने ४१ जना सांसद रहेका छन् । ८० सदस्यीय प्रदेशसभामा यो संख्या सरकार परिवर्तनका लागि सामान्य बहुमत हो । सर्वोच्च अदालतले सोमबार मात्रै जनता समाजवादी पार्टी जसपाका तीन जना सांसदलाई पदमा बहाल रहन दिनका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि प्रदेशसभा ८०को संख्यामा सीमित भएको छ ।

विपक्षी गठबन्धनले सरकारले आफ्ना सांसदहरुलाई प्रलोभनमा पार्न सक्ने भयमा सोमबारदेखि नै कपिलवस्तुको एक रिसोर्टमा राखेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ४० बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार