२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौं उपत्यकामा चोक र खुल्ला स्थानमा भेला पनि हुन नपाईने



काठमाडौं । कोरोना संक्रमणको दर हरेक दिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले भदौ ८ गते सम्म निषेधाज्ञाको अवधि थप गर्दै निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्ने निर्णय गरेको हो ।

निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न÷गराउन पूर्णरुपमा प्रतिबन्ध लगाउने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको थियो । यस अघि निषेधाज्ञामा उल्लेखित कार्यहरु निषेध गरिएपनि स्थानीय प्रशासनले कडाई गरेको थिएन ।

तीनजना प्रमुख जिल्ला अधिकारीहरुको बैठक पछि तीनै जिल्ला प्रशासन कार्यालयबाट थप भएको निषेधाज्ञाको अवधिमा चोक÷खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाउने आदेशमा उल्लेख छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ५० बजे

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु