४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न दायर रिट हेर्न नभ्याइने सूचीमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमाले सांसदद्वारा दायर गरिएको रिट मुद्दा हेर्न नभ्याइने सूचीमा पुगेको छ ।
न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलाससमा परेको रिट मंगलबार हेर्न नभ्याइने सूचीमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा एमाले सांसद लिला गिरीले सोमबार रिट निवेदन दर्ता गराएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल बहुमतको सरकार विरुद्ध संसदमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने भएपनि प्रदेश प्रमुखले सोही प्रस्तावमािथ छलफल गर्न विशेष अधिवेशन बोलाउनु असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गरिएको थियो ।

त्यस अघि मुख्यमन्त्री पोखरेलकै पहलमा अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा हकदैया नपुग्ने भन्दै दरपीठ भएपछि सांसद लिला गिरी सहितका सांसदहरुले अर्को रिट दायर गरेका थिए ।

लुम्बिनी प्रदेशसभाका ३४ सांसदहरुको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव माथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रदेशसभा अधिवेशन भोलि दिउँसो १ बजे बस्दैछ । अब विशेष अधिवेशन नरोकिने भएको छ ।

विशेष अधिवेशनमा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ जना सांसद रहेका छन् । विपक्षमा ४१ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको