२३ माघ २०८२, शुक्रबार | February 6, 2026

लुम्बिनी प्रदेश : एमाले संसदीय दलको बैठक शुरु, दिउँसो विश्वासको प्रस्तावमाथि संसदमा छलफल हुँदै



बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत सत्तारुढ नेकपा एमाले संसदीयदलको बैठक मुख्यमन्त्री निवास बुटवलमा शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बोलाईएको बैठक मुख्यमन्त्री निवासमा शुरु भएको हो ।

निवासमै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रत हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

एमालेले बैठकबाट हुने निर्णयहरु भने १२ः३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए । आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव उपर छलफल हुँदैछ । एमालेले १२ः३० सम्म निर्णय सार्वजनिक नगर्नुमा सर्वोच्चबाट अन्तरिम आदेश आईहाल्ने अपेक्षा पार्टीले गरिरहेको एमालेका एक नेताले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ०५ बजे

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय