२० असार २०८३, शनिबार | July 4, 2026

प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको राजीनामा, प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाउँदै गर्दा प्रदेश प्रमुख अमिक शेरचनको आह्वान गरे अनुसार विशेष अधिवेशन शुरु भएको छ । एक तिहाई सांसदहरुको समआह्वानका आधारमा आज १ बजेका लागि आह्वान भएको विशेष अधिवेशन आह्वान भएकोमा १ बज्न केहि मिनेट अगाडि मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए ।

मुख्यमन्त्रीको राजीनामाको आधिकारीकताको पत्र प्राप्त नभएका कारण निर्धारित समयमा प्रदेशसभाको विशेष अधिवेशन सुचारु गराईएको संसद सचिवालयले जनाएको छ ।

विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल गर्दै नेपाली कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कनोडियाले ढिलै भएपनि मुख्यमन्त्रीमा बद्धि पलाएको भन्दै राजीनामा दिएकोमा धन्यवाद ब्यक्त गरे ।

प्रदेशसभामा जसपाका सहर्षराम यादव, कृष्णध्वज खड्का, दुर्गा पाैडेल लगायतले सरकार र मुख्यमन्त्रीकाे आलाेचना गर्दै अविश्वासकाे प्रस्तावकाे पक्षमा अभिमत राखेका थिए । सभामुख पूर्ण घर्तीले अहिले १ घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ५३ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली