१३ श्रावण २०८३, बुधबार | July 29, 2026

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई निकालेर बिदा भए स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई केहि सुधारात्मक काम गरेर प्रशंसा कमाएका अस्पताल प्रमुख डा. राजेन्द्र खनाललाई मेडिकल सुपरिटेण्डेन्टबाट हटाउँदै शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले सत्ताबाट बिदा लिएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिनु केहि घण्टा अगाडि बसेको मन्त्रिपरिषदको अस्तिम बैठकले डा. खनाललाई अस्पताल प्रमुखबाट हटाउने निर्णय गरेको हो ।

पोखरेल नेतृत्वको प्रदेश सरकारको अन्तिम मन्त्रिपरिषदको बैठकले गरेका अन्य निर्णयहरुसँगै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाउने निर्णय पनि परेको छ । डा. खनाललाई मेसुबाट हटाएसँगै निवेदन दिएर पालो पर्खेका सोही अस्पतालका हाड जोर्नि विषेशज्ञ डा. ईन्द्र ढकाललाई मेसुमा नियुक्त हुने बाटो खुलेको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले पुराना मेसुलाई हटाउने निर्णय गरेपनि नयाँ मेसु भने नियुक्त नगरि बिदा भएका छन् ।

डा. खनालको कार्य मुल्याँकन गर्दै एमाले उप महासचिव विष्णु पौडेल र निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले डा. राजेन्द्र खनाललाई प्रादेशिक अस्पतालको मेसु बनाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ३४ बजे

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,