२० असार २०८३, शनिबार | July 4, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशनबारे नयाँ तालिका आउला ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न मिति तोकिए पनि उक्त समयमा गर्न सम्भव नदेखिएको भन्दै महाधिवेशन सार्नुपर्ने नेताहरुले कुरा उठाएका छन् ।

स्रोतका अनुसार बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुबीच भएको महाधिवेशनको नयाँ मितिबारेको छलफलमा भदौमा नभएर मंसिरमा प्रक्रिया शुरु गर्ने प्रस्ताव आएको थियो । तर महाधिवेशन धेरै पर धकेल्ने पक्षमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहमत देखिएका छैनन् । उनीहरुले भदौमा नै प्रक्रिया थाल्नु पर्ने भनेका छन् ।

कांग्रेसमा महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यताले नै पूर्णता पाएको छैन । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ । साथै, अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ५५ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली