६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा बहुप्रतिक्षित कुशाक बुकिङ शुरु



बुटवल । जर्मनी प्रविधिको स्कोडा गाडीको बुटवलमा नया शोरुमार्फत नया मोडलका चारपाग्रे सवारीको बुकिङ शुरु भएको गरिएको छ ।

कालिकानगरस्थित रोडवेज लाईफस्टाईल्स प्रालिको बुटवल क्षेत्रको आधिकारिक विक्रेताको रुपमा बुकिङ शुरु गरेको हो । स्थानिय समाजसेवी तथा रोडवेजका संरक्षक शान्तिदेवि श्रेष्ठले औपचारिक उद्घाटन गर्दै स्कोडाको नया मोडल एसयुभी कुशाक मोडल सार्वजनिक समेत गरेका छन । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युमार्फत रोडवेजलाई बिक्रि तथा बुकिङ शुरु गरेको हो ।

कुशाक एक्टिभ, एम्बिसन र स्टाईल गरि ३ अप्सनमा आएको टिएसआई इन्जिङ जडान भएको नया र अत्याधुनिक चारपाग्रे सवारी भएको उनले बताईन। जसमा ५ भेरियन्टमा उपलब्ध भएको उनले बताए । शुरुवाती एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैया तोकिएको छ ।

यसैगरि एम्बिसन म्यानुअल ट्रान्समिसन ५३ लाख ९० हजार रुपैया, अटोमेटिक ट्रान्समिसन ५८ लाख ९० हजार रुपैया, स्टाईल म्यानुअल ट्रान्समिसन ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसन ६५ लाख ९० हजार रुपैया बजारमुल्य तोकिएको छ । एक समारोहका बिच संरक्षक शान्तिदेवि श्रेष्ठले नया क्रेताहरु महेश्वर श्रेष्ठ, संजिव विक्रम मल्ल, दुर्गा कटुवाल चाबी हस्तान्तरण गरिन । अहिलेसम्म एक दर्जन सवारी बुकिङ विक्रि भएको छ ।

जर्मन कम्पनीबाट उत्पादन भएको सवारी विश्वमा नै उत्कृष्टमा पर्ने गर्दछ । रोबेस्ट र मस्कुलर लुक रहेको कुशाकले नेपाली एसयुभि प्रेमीको मन जित्ने प्रालिका संचालक लक्ष्मि श्रेष्ठले दाबी छ ।

कुशाक अगाडीको भागमा चौडा र अद्वितिय स्कोडा ग्रिल, डुअल हेलाईट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ ईन्चको डायमण्ड कट अलोयह्विल छ । पछाडीको भागमा स्प्वाईलर, फक्स लिस्भर डिफ्युजर, र्याप(अराउण्ड एलडी टेललाईट समेत छ। सुरक्षाका लागि ६ एअरब्याग, रियर पार्किङ क्यामरा, आईसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याप र वाईपर मल्टीकोलिजन ब्रेकिङ सिस्टम रहेको छ ।

एमएडब्लुका विजनेश डेभलोपमेन्ट अफिसर विकास शर्माले ईएससी सबै भेरियन्टमा र जुन सेग्मेन्टमै पहिलो भएको दाबी गरे ।
यसको ईन्टरियर चालकलाई सहज बनाउन राखिएको सिम्प्ली क्लेभर फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १० ईन्चको टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाईटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहित सिक्स स्पिकर जडान छ । सर्भिस सेन्टर हाइ वे अटो भिल्ला गर्ने छ ।

बजारमा स्कोडाका विभिन्न पाच मोडेलमा सवारी छन । जसमा रेपिड टिएसआई का पाच भेरिअन्टमा ३६ लाख ९० देखि ५१ लाख ९० हजारसम्मका छन । यसैगरि रेपिड टिएसआई एटी ५ भेरिअन्टका ४४ लाख ९० हजारदेखि ५८ लाख ९० हजारसम्म, सुपरबि टिएसआईएटी दुई भेरिअन्टमा सपोर्टलाईन १ करोड ३९ लाख र एल एण्ड के १ करोड ४९लाख का छन । करोक टिडिआई एटी एम्बिसन प्लास १ करोड ३० लाख र कोडिक टिडिआई एटी स्टाईल १ करोड ६५ लाख रुपैयाको बजारमा छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : २२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको