१९ माघ २०८२, सोमबार | February 2, 2026

संसद छलेर ल्याईएको बजेट र पूर्व सरकारको नीति तथा कार्यक्रम संशोधन हुन्छ : मुख्यमन्त्री केसी (भिडियो सहित)



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले शंकर पोखरेल नेतृत्वले अध्यादेश मार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् ।

उनले दुरासयपूर्ण नियतबाट आएको बजेट तथा निती तथा कार्यक्रम संशोधन हुने बताए । मुख्यमन्त्रीको पदभार ग्रहण गरिसकेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री केसीले संसदबाट पारित नै नभएको बजेट स्वाभाविकरुपमा संशोधन हुने बताए ।

उनले संविधानले व्यवस्था गरे अनुसार संसदको बाटोबाट आउनु पर्ने बजेट सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट आएको टिप्पणी गर्दै त्यस्तो बजेट संशोधन हुनुलाई स्वाभाविक मान्नु पर्ने बताए । ‘संविधानत सनदको र्सोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट बजेट ल्याउने गलत मनसाय नै थियो ।’ उनले भने, -‘पेश गर्ने अनि भागेर हिँड्ने मिल्दैन, त्यो लोकतान्त्रिक अभ्यास पनि होईन ।’

उनले आफ्नो पहिलो काम बिधि र प्रक्रियालाई कार्यान्वयन गर्ने तथा प्रदेशको संरचनालाई बलियो बनाउने तर्फ केन्द्रित हुने बताए । प्रदेशबाट जनताले गरेको अपेक्षालाई देखिने गरेर पुरा गर्नु सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री केसीले सरकारका काम परिणाममुखी हुने दाबी गरे ।

घटनाक्रमले संविधानमाथि नै प्रश्न उठ्ने गरि अस्थिरता आएको उल्लेख गर्दै उनले कानुनी र संबैधानिकरुपमा सहिबाटोमा आएको अवस्थालाई निती तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे । उनले फरक फरक सिद्धान्त र विचार भएको गठबन्धन भित्र लोकतन्त्रलाई मजबुत बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने विषयमा एक मत रहेको बताउँदै उनले संविधानको सहित कार्यान्वयन नै गठबन्धनको कार्यभार भएको बताए ।

८/८ महिनाको आलोपालो सरकार संचालन गर्ने सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री केसीले आपसी समझदारीका आधारमा लोतान्त्रिक संस्कार देखाईने प्रतिबद्धता व्यक्त गरे । विपक्षी एमालेलाई लक्षित गर्दै मुख्यमन्त्री केसीले कुर्सि सिध्याउने र आफु बाँच्ने संस्कार नदेखाईने बताए । उनले सञ्चार बिधेयक विषयगत समितिमा छलफलमा रहेको बताउँदै सरोकारवाला निकायको सुझाव अनुसार संशोधन गरेर मात्र संसदबाट पास हुने बताए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : १५ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३