१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सूचना प्रविधियुक्त लुम्बिनी प्रदेश : २०७७ देखि शुन्य गतिविधिमा प्रदेश प्रमुख कार्यालयको वेवसाइट



बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीयदलका नेता शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको प्रविधियुक्त कर्मचारी संयन्त्रको योग्यता पोखरेल सरकार ढलेपछि देखिएको छ । तत्कालिन प्रदेश सरकारले सूचना प्रविधि महाशाखा नै बनाएर प्रदेशलाई प्रविधि मैत्री बनाएको दाबी गरेपनि प्रदेशमा प्रदेश प्रमुख फेरिएको हप्तादिन बढी हुँदा पनि प्रदेश प्रमुख कार्यालयको वेवसाइट अपडेट हुन सकेको छैन ।

सामान्यतया प्रदेशको जानकारी लिन सुचना प्रविधिको पहुँच भएका देश बिदेशका नागरिकले प्रयोग गर्ने मुख्य साधन नै वेवसाईट हो । वेवसाईटकै माध्यमबाट प्रदेशको संरचना, अवस्था र मार्गचित्र थाहा पाउन सक्नु पर्दछ । तर लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखको कार्यालयको वेवसाईट अपडेटको अवस्थाले सूचना प्रविधि प्रदेशको नराम्रो उदाहरण देखाएको छ । प्रदेश प्रमुख नियुक्त भएर पदबहाली भएको एक साता बढी हुँदा पनि वेवसाईटमा न त प्रदेश प्रमुखको परीचय देख्न सकिन्छ न त प्रदेश प्रमुखको गतिबिधि वेवसाईटमा अपलोड भएको छ । प्रदेश प्रमुखबाट भएका निर्णयहरुको प्रेस विज्ञप्तिबाहेक अन्य कुनै अपडेट गर्ने कार्य कार्यालयले सम्पादन गरेको छैन ।

प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएको अवस्थामा मात्र होइन वेवसाईटको ग्यालरीमा २०७६ यता कुनै पनि फोटो वा गतिविधि अपलोड भएका छैनन् । २०७७ जेष्ठ मसान्तयता प्रमाणिकरण भएको विधेयकको सूचना समेत वेवसाईटमा देख्न सकिँदैन ।

कार्यालयको संरचनामा एकजना कम्प्युटर अधिकृत र एकजना कम्प्युटर अपरेटरको दरबन्दी देखिए पनि उनीहरुको दरबन्दी अनुसार काम देख्न सकिँदैन ।

वेवर्साट सम्बन्धमा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले प्रदेश प्रमुखको सचिवालय गठन भई नसकेको र सचिवालयबाट प्रोफाईल प्राप्त नभएका कारण अपडेट नभएको बताए । २०७७ यता सामान्य प्रेस विज्ञप्ति अपलोल गर्ने काम बाहेक अन्य काम नभएको सम्बन्धमा भने प्रवक्ता पौडेलले केही बताएनन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ११ : ०३ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको