२० मंसिर २०८२, शनिबार | December 6, 2025

बावुले प्रहार गरेकाे गोली लागेर छोराको मृत्यु



पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको बावुले चलाएको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोटको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोलि लागेको थियो । छोरा लम्बतरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपरिक्षक रामेश्वर त्वातीले बताए ।

प्रहरीका अनुसार कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ । गोली हान्ने कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय