९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

सबै ढोका बन्द गर्न खोजे पनि पार्टी एकताको अन्तिम पर्खाईमा छौं : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हटन नसकिने बताए ।

शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे । निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाई छ ।

नेपालले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन । तर त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहो-याए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ४४ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री