२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कीर्तिमानी धावक मानन्धरलाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड



काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो ।

सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए । १९८७ मा भारतको कोलकातामा भएको तेश्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन् । उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व धावक एवं गीतकार बुद्धवीर लामाले एक कार्यक्रमबीच मानन्धरलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिकका टीका लामिछाने र गीतकार÷संगीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४७ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले