३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तीय विवरण



काठमाडौ । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ ।

बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।
आ.व. २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी रु. ८ अर्ब २४ करोड (गत वर्ष रु. ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी रु. ९ अर्ब ७६ करोड (गत वर्ष रु. १० अर्ब ७० करोड), संचालन नाफा रु. ५ अर्ब ९ करोड (गत वर्ष रु. ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी रु. ६ अर्ब ३७ करोड (गत वर्ष रु. २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा रु. ४ अर्ब ५२ करोड (गत वर्ष रु.४४ करोड ७७ लाख) रहेको छ ।

यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट रु. १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ मा बैैंंकको शेयरधनी कोष रु. ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात  १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात  ६६.८१ प्रतिशत, आधार दर, ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात  ३.०७ प्रतिशत, व्याजदर अन्तर  ४.३७ प्रतिशत, कोषको लागत दर , ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी  रु.४१.३२ रहेको छ ।
आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पुर्याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
उपरोक्त वित्तीय विवरणहरु बैंकको website: www.rbb.com.np मा समेत राखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ३८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन