२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

दृष्टिविहिन संस्थाद्धारा दृष्टिविहिनहरुलाई सहयोग



बुटवल । दृष्टिविहिनता भएका युवाहरुको क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखाले दुई वटा आश्रममा रहेका दृष्टिविहिनता भएका व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरेको छ ।

शनिवार उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम र बुटवलको जवईमा रहेको रुपन्देही दृष्टिविहिन अपाङ्ग संरक्षण केन्द्रमा आश्रीत विभिन्न प्रकृतिको अपाङ्गता भएका व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखा अध्यक्ष टिकाराम पौडेलको संयोजकत्वमा आश्रममा प्रति व्याक्ति १-१ पोका(५० पिस), माक्स, एक÷एक पोका सेनीटाईजर, प्रति आश्रममा २-२ वटा हैन्ड वास सेनिटाईज प्रदान गरिएको हो । यस्तै आश्रममा रहेका महिला तथा किशोरीहरुको लागि प्रतिक जनालाई २-२ थान सेनिटरी प्याड समेत प्रदान गरिएको छ ।

आश्रममा रहेर विभिन्न आर्जआर्जनको काम गर्नुको साथै सांगीतक समुह समेत निर्माण गरेर जिविका पाजर्नन गर्दै आएका व्याक्तिहरुलाई कोभिड-१९ को जोखिम न्युनीकरणका लागि पुर्व सावधान अपनाउनको लागि स्वाथ्य सामग्री प्रदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखा अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल, कोषाध्यक्ष कमला पौडेल, श्रवण दृष्टिविहिन परियोजना प्रशिक्षक लक्ष्मी जिसी, पत्रकार कृष्ण खनाल लगायत सरोकारवालाहरुको समुहले आश्रममा नै पुगेर स्वाथ्य सामग्री प्रदान गरेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ४८ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज