२७ असार २०८२, शुक्रबार | July 11, 2025

अफगानिस्तान योजना नपछ्याएको अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध ट्रम्पको आरोप



वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् ।

अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता बाइडेनविरूद्ध ट्रम्पले आरोप लगाएका हुन् ।

अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भने, “हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो । हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा ग-यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।”

अमेरिकी रिपलिकन नेता ट्रम्पले थपे, “मैले आइएसआइएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ । त्यो रोकथामको उपाय अहिले प्रभाबहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।”

काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने उनले बताए । “कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुनेछ ।”

काबुलबाहेक सबै प्रमुख शहरहरूमा तालिबानले कब्जा गरेको दावी गरिरहँदा शनिबार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनादी गर्ने अधिकारमा हस्ताक्षर गरेका थिए । यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको संख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ । एएनआई

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : २९ बजे

अन्तरराष्ट्रिय विमानस्थल अध्यागमनमा ‘नैतिक संहिता’ लागू, बाहिरिने यात्रुलाई ह्याब अ नाइस जर्नी भन्नैपर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि

लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूचीबाट हटाइयो

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो