७ श्रावण २०८३, बिहिबार | July 23, 2026

राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह अफगानिस्तानबाट पलायन



काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरूल्लाह सालेहले देश छोडेका छन् ।

तालिवान विद्रोहरूहरूले देशको अधिकांश भूभाग कब्जा गर्दै राजधानी कावुलमा प्रवेश गरेपछि राष्ट्रपति र उपराष्ट्रपति देशबाट पलायन भएको बीबीसीले जनाएको छ । उनीह‌रू ताजकिस्तान गएको रोयटर्सले जनाएको छ ।

तालिवान लडाकुहरू आइतबारमात्रै कावुल प्रवेश गरेका थिए । तर तालिवान नेतृत्वले कावुलमा कुनै हिंसात्मक गतिविधि नगर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । तालिवानले शान्तिपूर्ण रूपमा सत्ता हासिल गर्न चाहेको बताएको छ । तालिवान नेताहरू सरकारी अधिकारीहरूसँग वार्ता गरेका छन् ।

तालिवानले विगत १० दिनमा मात्रै देशको अधिकांश भूभाग कब्जा गरेको हो । २० वर्षअघि सत्ता गुमाएको तालिवान २० वर्षपछि शान्तिपूर्ण रूपमा सत्ता प्राप्तिको बाटोमा रहेको छ । तालिवानले कसैको जीवन हरण नगर्ने जनाएको छ ।

तालिवानले सत्ता कब्जा गरेपछि विश्वका विभिन्न मुलुकले आफ्ना नागरिक फर्काउन थालेका छन् । नेपालले पनि अफगानिस्तानबाट आफ्ना नागरिक फर्काउन पहल सुरू गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : १९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी