४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह अफगानिस्तानबाट पलायन



काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरूल्लाह सालेहले देश छोडेका छन् ।

तालिवान विद्रोहरूहरूले देशको अधिकांश भूभाग कब्जा गर्दै राजधानी कावुलमा प्रवेश गरेपछि राष्ट्रपति र उपराष्ट्रपति देशबाट पलायन भएको बीबीसीले जनाएको छ । उनीह‌रू ताजकिस्तान गएको रोयटर्सले जनाएको छ ।

तालिवान लडाकुहरू आइतबारमात्रै कावुल प्रवेश गरेका थिए । तर तालिवान नेतृत्वले कावुलमा कुनै हिंसात्मक गतिविधि नगर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । तालिवानले शान्तिपूर्ण रूपमा सत्ता हासिल गर्न चाहेको बताएको छ । तालिवान नेताहरू सरकारी अधिकारीहरूसँग वार्ता गरेका छन् ।

तालिवानले विगत १० दिनमा मात्रै देशको अधिकांश भूभाग कब्जा गरेको हो । २० वर्षअघि सत्ता गुमाएको तालिवान २० वर्षपछि शान्तिपूर्ण रूपमा सत्ता प्राप्तिको बाटोमा रहेको छ । तालिवानले कसैको जीवन हरण नगर्ने जनाएको छ ।

तालिवानले सत्ता कब्जा गरेपछि विश्वका विभिन्न मुलुकले आफ्ना नागरिक फर्काउन थालेका छन् । नेपालले पनि अफगानिस्तानबाट आफ्ना नागरिक फर्काउन पहल सुरू गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको