२८ भदौ २०८३, आइतबार | September 13, 2026

रुपन्देही प्रहरीबाट डिजेल तस्करी गर्ने मालबाहक ट्रक सहित २ जना पक्राउ



बुटवल । भारतीय बजारमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि भारतबाट नेपाल आएका मालबाहक ट्रकहरुले फर्कने क्रममा डिजेलको अवैध निकासी गर्ने गरेको खुलासा भएको छ । रुपन्देही प्रहरीले आज ठुलो परिमाणमा डिजेल भारत तर्फ निकासी गर्दै गर्दा फेला पारेपछि ईन्धन तस्करीको खुलासा भएको हो ।

भारतबाट नेपाल तर्फ सामान लिएर आएको मालबाहक गाडी फर्कने क्रममा ५०० लिटर बढी डिजल भरेर भारत तर्फ फर्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट आरजे ०२ जीबी ४०५६ नम्बरको २२ चक्के गाडीमा अतिरिक्त ट्याङ्की जडान गरि भारत तर्फ डिजेल ओसार्दै गरेको अवस्थामा प्रहरीले सो गाडी र गाडीका चालकलाई पक्राउ गरि भन्सार कार्यालय बुझाएको छ ।

प्रहरीले अवैध निकासी हुँदै गरेको ५०० लिटर डिजेल सहितको गाडी र गाडीका चालक भारत राजस्थानका राजेश डागुर र सहचालक ओमप्रकाश समेतलाई नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । प्रहरीले अन्दाजी ४० लाख ४ हजार बराबरको मुल्याँकन गरि भान्सार कार्यालय बेलहियामा चलान गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ३२ बजे

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप