२४ भदौ २०८३, बुधबार | September 9, 2026

ला लिगा: बार्सिलोनाको सुखद सुरुवात



काठमाडौं । बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक-एक गोल गरे । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक-एक गोल फर्काए ।

खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोलका लागि १९ मिनेटसम्म कुर्नुपरेको थियो । १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए ।

त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए । उनले पनि हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो । जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो । मिकलेलले अन्तिम समयतिर पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो । बार्साले अब मेस्सीको अभावलाई पनि खड्किन नदिने संकेत गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ०० बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान