१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

तालिबानले भन्यो : अफगानिस्तानमा युद्ध सकियो



काठमाडौं । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ । तालिबानका प्रवक्ता मोहम्मद नईमले समाचार संस्था अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध समाप्त भएको छ ।’

अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानका प्रवक्ता नईमले आफूहरुले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको र ‘उनीहरुसँग कुनैपनि मुद्दामा छलफल गर्न तयार रहेको’ बताएका हुन ।

अल जजिराले अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबान लडाकुको भिडियो जारी गरेको छ ।

प्रवक्ता नईमले तालिबान अलग भएर बस्न नचाहेको बताएका छन् । उनले अफगानिस्तानमा कस्तो खालको शासन व्यवस्था हुनेछ भन्नेबारे चाँडै स्पष्ट हुने बताए ।

उनले शरिया कानुनको माध्यमबाट महिला र अल्पसंख्यको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने बताए ।

प्रवक्ता नईमले आफूहरुले कसैमाथि हस्तक्षेप नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामलामा पनि हस्तक्षेप नगर्न चेतावनी दिए । उनले ‘अफगानिस्तानमा कुनै पनि विदेशी सेनाले असफल अनुभवलाई दोहोर्याउने’ बारे तालिबानले नसोच्ने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ३४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू