२३ माघ २०८२, शुक्रबार | February 6, 2026

दल विभाजनको अध्यादेश एमालेलाई मान्य र क्षम्य हुन सक्दैन : एमाले अध्यक्ष ओली (वक्तव्यको पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले एमाले विभाजनको उद्देश्य सहित दल विभाजनको अध्यादेश ल्याउने तयारी गरेको आरोप लगाएका छन् । आज राती अवेर एक वक्तव्य प्रकाशित गर्दै अध्यक्ष ओलीले सरकारले पूर्व प्रतिवद्धता विपरित हठातमा प्रतिनिधिसभाको चालु अधिवेशन हठातमा अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजित गर्ने षडयन्त्रण गरिएको बताएका हुन् ।

अध्यक्ष ओलीले वक्तव्यमा नेकपा एमाले र एमालेको संसदीयदलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीको लागि मान्य र क्षम्य नहुने चेतावनी दिएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीयदल विभाजनको प्रयासहरु विरुद्ध दृढताकासाथ उभिन आह्वान समेत गरेका छन् ।

अध्यक्ष ओलीले सत्ता पक्षकाट प्रतिपक्षमा पुगेको अवस्थालाई धक्का लागेको स्विकार गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी अवस्थामा फर्काउन पार्टी कार्यकर्ताहरुलाई अनुशासित र सक्रिय भुमिका खेल्न अपिल गरेका छन् ।

सरकारले ओली सरकारले प्रस्तुत गरेको बजेट वक्तब्यको संशोधित बजेट अध्यादेशबाट ल्याउने संकेत गरेपनि एमालेले भने दल विभाजनको अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको ठहर गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १४ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस