२३ माघ २०८२, शुक्रबार | February 6, 2026

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आजबाट शुरु हुँदै, विश्वासको मत भने एक दुई दिन पछि लिने सरकारकाे तयारी



बुटवल । लुम्बिनी प्रदेशमा सरकार फेरिएपछिको पहिलो प्रदेशसभाको नर्वाैं अधिवेशन आजबाट शुरु हुँदैछ । संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री कुल प्रसाद केसीले संसदको विश्वासको मत लिने यो अधिवेशनको प्रमुख कार्यभार हुनेछ ।

आज दिउँसो १ बजेबाट प्रारम्भ हुने प्रदेशसभाको हिँउदे अधिवेशनमा आजै मुख्यमन्त्री केसीले विश्वासको मत माग्ने सम्भावनाको चर्चा रहेपनि मुख्यमन्त्री केसीले आजै विश्वासको मत नलिने भएका छन् । छिट्टै विश्वासको मत लिने काम हुने निर्णय भएपनि आजै विश्वासको मत लिने कार्यक्रम नरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।

संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशनको पहिलो दिनमै विश्वासको मत लिएका कारण लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री केसीबाट त्यही शैली दोहोरिने अनुमान गरिएको थियो ।

सत्तारुढ गठबन्धन नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले १-२ दिनमै विश्वासको मत लिने प्रस्ताव संसदमा जाने भएपनि आजै हतार सो एजेण्डा नभएको बताए । आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने तथा नवनियुक्त मुख्यमन्त्रीलाई शुभकामना दिने काम मात्र हुन सक्ने बताए ।

मुख्यमन्त्री केसीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको बुझिएको छ । दलहरुमा मन्त्री बन्ने आकाक्षिहरुको संख्या ठुलो भएका कारण दलहरुले मन्त्री छान्ने गृहकार्य शुरु गरेका छन् । प्रदेशमा कांग्रेसलाई ४, माओवादी केन्द्रलाई ४ र जसपालाई ३ मन्त्री दिने सहमति भएको नेताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ८ : २९ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस