२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशका २ सदस्यको पदमुक्त गर्न एमालेबाट प्रदेशसभा सचिवालयमा पत्राचार



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीको प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न पत्राचार गरेको छ।

एमालेको सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका शाही र अदालतले भङ्ग गरिदिएको नेकपाको सुर्य चिन्हबाट चुनाव लडेर निर्वाचित विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले बताए ।

ढकालले पार्टीको नीति निर्देशन नमानेको, पार्टीको ह्विपविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गरेको, तथा संसदीय दलको निर्देशनविपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी भएको आरोप लगाउँदै पदमुक्त गर्नका लागि पत्राचार गरेको जानकारी दिए ।

प्रदेशसभा सदस्य अजय शाही संसदमा स्वतन्त्र हैसियत हुने सर्तमा २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले र माओवादी एकिकरण पछि बनेको नेकपाको उम्मेदवारका रुपमा सुर्य चिन्हबाट चुनावमा भाग लिएकी थिईन् ।

सांसद वली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

शाहीले चुनावमा भाग लिने बेलामा नै स्वतन्त्र हैसियत कायम रहने सर्तमा चुनाव लडेकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। सांसद वली भने फागुन २३ गते सर्वोच्चबाट एमाले र माओवादी केन्द्रलाई अलग गराईदिएको झण्डै १ महिनापछि चेत्रको अन्तिम साता आफुले माओवादी केन्द्र रोज्ने भन्दै पत्रकार सम्मेलन गरेर खलेकी थिईन् ।

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १२ : ४२ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता