१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बागलुङको कुश्मिशेरा स्वास्थ्य केन्द्र चिकित्सकविहीन



बागलुङ । बागलुङको कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययनका लागि हिँडेपछि बागलुङको जैमिनी नगरपालिका कोभिड अस्पतालसमेत सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा समस्या भएको हो ।

एक मात्रै चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुको भरमा सञ्चालन हुँदै आएको थियो । सरकारले गर्ने चिकित्सक परिचालनमा सूचीकृत भएर आउने चिकित्सकको समेत अवधि सकिएपछि सङ्कटको समयमा स्वास्थ्य केन्द्र समस्यामा परेको हो ।

यहाँ दरबन्दीमा रहेकी चिकित्सक सुस्मा चालिसे एक वर्षअघि देखि अध्ययन बिदामा छिन् । “उहाँ तलबी अध्ययन बिदामा हुनुहुन्छ, अर्को कोही राख्न मिल्ने कुरा भएन,” जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द आचार्यले भने, “मौजुदा जनशक्तिका आधारमा स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।”

वैकल्पिक अस्पताल नभएको र नजिकमा अन्य स्वास्थ्य संस्थासमेत नभएका गम्भीर प्रकृतिका बिरामीहरु सदरमुकाम धाउनुपर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रको नेतृत्व अहेवले गर्नुभएको छ ।

यसअघि सरकारको चिकित्सक परिचालन कार्यक्रमअन्तर्गत करारमा आएका चिकित्सक राजु भट्टराई क्षेत्रीको गत वैशाख १४ गते करार अवधि सकिएको थियो । उनी यहाँबाट बिदा भएसँगै अन्य चिकित्सक पठाइएको छैन । कोरोना सङ्क्रमणको अवस्था र तत्कालको समस्या समाधानका लागि उनलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो । “छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ,” आचार्यले भने, “कोही एक वर्षमा नै हिँड्नुहुन्छ, कसैले दुई वर्ष अवधि पूरा गर्ने गर्नुभएको छ ।”

यो स्वास्थ्य केन्द्रमा दरबन्दीमा आउने मेडिकल अधिकृत चिकित्सक अधिकांशले तलबी अध्ययन बिदा लिने गरेका कारण उपचारमा समस्या हुने गरेको छ । करारमा सरकारले चिकित्सक पठाउन थालेपछि केही राहत भएको स्वास्थ्य केन्द्रमा पछिल्लो समय समस्या बल्झिएको हो ।

चिकित्सक तथा दक्ष जनशक्ति नभएका कारण यहाँ ल्याइएका उपकरणहरुसमेत थन्किएका छन् । एक्स–रे मेशिन पाँच वर्षदेखि भण्डारण गृहमा थन्किएको छ । भिडियो एक्स–रेका लागि ल्याइएको मेशिनसमेत जनशक्तिको अभावकै कारण थन्क्याउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । तीन अनमी र एकजना स्टार्फ नर्सले गर्भवतीको जाँचमा मात्रै भिडियो एक्स–रेको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ४ : १५ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०