७ आश्विन २०८३, बुधबार | September 23, 2026

घाट व्यवस्थापन गर्न बाँके र बर्दियाका सबै पालिकाको नाममा अदालतद्धारा आन्तरिम आदेश



नेपालगन्ज । मानिसको मृत्युपछि गरिने अन्तिम संस्कारको सम्पूर्ण व्यवस्थापन गर्नका लागि उच्च अदालत नेपालगन्जले सरोकारवालाको नाउमा अन्तरिम आदेश जारी गरेको छ । अदालतले बाँके र बर्दिया जिल्लाका सबै पालिका अन्र्तगत रहेका मसान घाटहरुमा दाह संस्कारका लागि निशुल्क दाउरा उपलब्ध गर्न गराउनु, कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन दाह संस्कारका लागि घाटमा जाने मानिसहरुका लागि मास्क, सावुन पानीको उचित व्यवस्थापन गर्न गराउनु र दाह संस्कार गरिने घाटहरुमा अविलम्ब विजुली बत्तीबाट उज्यालो हुने व्यवस्था गर्न आदेश दिएको छ ।

उच्च अदालतका वरिष्टतम न्यायाधिस डा. रत्नबहादुर बाग्चन्दको एकल इजलासले बाँके र बर्दियाका प्रशासन कार्यालय, सबै स्थानीय तह, प्रदेश र संघीय अन्र्तगतका कार्यालयहरुको नाउमा आवश्यक व्यवस्था गरि तत्काल कार्यन्वयन गर्न अन्तरिम आदेश जारी गरेको हो । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीसहित सात जनाले अदालतमा सोमबार दायर गरेकोे रिट निवेदनको सुनुवाई गर्दै आज उक्त आदेश भएको हो ।

मृत्यु संस्कार जस्तो मानिसको भावनात्मक सम्वन्ध जोडिएको समाजको दैनिक जीवनसंग सम्वन्धित विषयबस्तु सन्निहित भएको आधारमा प्रस्तुत निवेदनलाई अधिकार प्रदान गरिएको छ । अदालतको आदेशमा लेखिएको छ, ( मानिसको मृत्यु हुदा दाह संस्कार गरिने कार्य अपर्झट व्यक्ती र समाजमा आइपर्ने र सोको सार्वजनिक व्यवस्थापन सहज र औचित्यपुर्ण हुनुपर्ने तथा शिघ्रताका दृष्टिले विलम्ब हुन नहुने हुदा स्थानीय सरकारको जिम्मेवार अंगको रुपमा रहेका पालिकाहरुले आफ्नो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको परिवार र समाजमा आइपर्ने पीडा र वेदनाको क्षणमा भौतिक व्यवस्थापकिय पक्षमा अभिभावकीय भुमिका निर्वाह गर्नु परम कर्तव्य हुने देखिन्छ ।

मृत्यु पछि आ आफनो धर्म रिति रिवाज अनुसार व्यवस्थित रुपमा दाह संस्कार गर्न तथा काजक्रिया गर्न पाई रहेको अवस्था नरहेको र घाट व्यवस्थापनका लागि सम्वन्धित स्थानीय तहहरुले खासै चासो नदिएको भन्दै बाँके र बर्दियाका नागरिकहरुका तर्फबाट अधिवक्ताहरुले अदालतमा रिट निबेदन दर्ता गराएका थिए । नेपालगन्जका विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भटट, शैलेन्द्रकुमार बैश्य, सुनिलकुमार श्रेष्ठ, बसन्त गौतम, श्रेयम काफ्ले, र बर्दिया सिमा हमालले रिट दायर गरेका थिए । रिटमाथी मंगलबार भएको सुनुवाईमा अधिबक्ताहरु सुनिलकुमार श्रेष्ठ, विश्वजित तिवारी, केवलसिंह थारु, बसन्त गौतम, सुदिप भटराई र सुरेश गौतमले बहस गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १० : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई