२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कुलमानको नियुक्ति विरुद्धको रिटमाथि आज सुनुवाई हुँदै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको आज सुनुवाई हुँदैछ । घिसिङको नियुक्तिविरुद्ध सरकारसँगको सहमतीमा पद छाड्न तयार भएको भनिएका हितेन्द्रदेव शाक्यले दिएको रिट माथि सुनुवाईका लागि आज पेसी तोकिएको हो । न्यायाधिस कुमार रेग्मीकाे एकल इजलासमा मुद्दाकाे सुनुवाई हुने सर्वाेच्चकाे दैनिक पेसी सूचीमा उल्लेख छ ।

आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै शाक्यले दायर गरेको रिट निवेदन दायर गरेका थिए । आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी शाक्यले गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्री भुसालसँग भएको सहमतीका आधारमा मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिव सरहको सेवा(सुविधा दिनेगरि ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ३० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार