१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट



बुटवल । नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ। नेपाल बिधुत प्राधिकरणको ३६ औ बार्षिकौत्सबको अवसरमा आयोजना गरिएको कार्यक्रममा बुटवल ग्रीड महाशाखा कार्यालयलाइ पुरस्कृत गरिएको हो ।

बिधुत प्रबाहलाइ निरन्तरता,भरपर्दो बिधुत बितरण र प्रशारण एबम कार्यालयको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै कार्यकारी निर्देशक स्तरिय निर्यण बाट उक्त कार्यालयलाई पुरस्कृत गरिएको हो। ‘बिधुत प्रबाहलाइ भरपर्दो र बिश्वास्निय बनाउने उद्देश्य लाई पूरा गर्न हाम्रो क्षमता र दक्षताको उच्चतम प्रयोग बाट सफल भएका छौ,यसलाइ निरन्तरता गर्नको लागि अझै मनोबल थपिएको छ ।’ महाशाखा प्रमुख उमेश कुमार झा ले भने, – ‘हाम्रो मेहनत,लगनशीलता एबम दक्षता लाई बिश्वास गरि उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गर्नुहुने नेबिप्रा उच्च ब्यब्स्थापन सहयोगी संघरसंस्था एबम सबै कर्मचारिहरु लाई धन्यवाद दिन चाहान्छु ।’

उमेश कुमार झाको नेतृत्वमा नेबिप्राको अन्य विभिन्न शाखाहरुमा उत्कृष्ट कार्यालय र कार्यालय प्रमुखको रुपमा यस अघि पनि पुरस्कृत भएका थिए । नेपाल बिधुत प्राधिकरणले ३६औ बार्षिक उत्सब बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : ४१ बजे

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको