१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु



धादिङ । बसले ठक्कर दिँदा धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह भदुवारमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका-३ रिजालथोककी ३५ वर्षीया सुशीला भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता जागेश्वर भण्डारीले बताए ।

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर टेक ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भुजेल घाइते भएकी थिइन ।

उनलाई उपचारका लागि धादिङ अस्पताल ल्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बस र मोटरसाइकल तथा बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ७ : ३४ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक