२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु



धादिङ । बसले ठक्कर दिँदा धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह भदुवारमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका-३ रिजालथोककी ३५ वर्षीया सुशीला भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता जागेश्वर भण्डारीले बताए ।

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर टेक ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भुजेल घाइते भएकी थिइन ।

उनलाई उपचारका लागि धादिङ अस्पताल ल्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बस र मोटरसाइकल तथा बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ३४ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच