२३ माघ २०८२, शुक्रबार | February 7, 2026

चुम्बन सहितको फोटोको विषयमा सांसद विमला र एकराजको एकसाथ आयो प्रतिक्रिया



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीको चुम्बन सहितको फोटो सार्वजनिक भएको २ दिन पछि सांसद वलीले सो फोटोको सम्बन्धमा आपत्ति प्रकट गरेकी छिन् । बुधबार आफ्नो फेसबुक एकाउण्ट मार्फत एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सांसद वलीले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

उनले विज्ञप्तिमा वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको आरोप लगाउँदै पोटो सार्वजनिक गर्नेहरुलाई साईबर स्यालको संज्ञा समेत दिएकी छन् ।

सांसद विमलाले विज्ञप्तिमा राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे आरोप लगाएकी छन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु ।’ उनले भनेकी छन् । उनले एकाएक आफ्नो फोटो जोडेर समाचार आएकोमा आश्चर्यचकित भएको उल्लेख गर्दै आफु फोटामा आएको घटनामा सम्बन्धित नभएको र जानकारी समेत नभएको दाबी गरेकी छन् ।

सांसद विमला र माओवादीको भातृसंगठन वाईसीएलका कार्यकर्ता एकराज बस्नेतबीच गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएको २ दिन पछि उनले स्पष्टीकरण सहित विज्ञप्ति प्रकाशित गरेकी हुन् ।

उनले फोटो सार्वजनिक गर्ने काममा एमाले कार्यकर्ताहरु संलग्न रहेको संकेत गर्दै आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । उनले विज्ञप्तिमा लेखेकी छन् , – ‘अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको छ ।’

उता वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेको प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस पोष्ट गर्दै बस्नेतले फोटो इडिट गरी भ्रम छर्न खोजिएको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’

 

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ९ : ४४ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस