५ पुस २०८२, शनिबार | December 20, 2025

सनराइज बैंकले ल्यायो नारी विशेष योजना



काठमाडौ । आफ्ना ग्राहकलाई नवीनतम र अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ । प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।

यसका साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीलाई पहिलो कारोबार गर्दा २५५ वा रु ३०० सम्मको छुटसमेत प्रदान गर्ने बैंकले जनाएको छ ।

यसैगरी सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५५  को छुट दिनेसमेत बैंकले जनाएको छ ।

हालको समयमा नारीहरु अझ बढी आधुनिक र स्मार्ट बन्न अतिआवश्यक छ। नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्नेसम्मका विभिन्न सुविधा निःशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजनाअन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरो सेयरले नारीहरुमा सेयर कारोबारप्रति अझ बढी प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ६ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता