१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सनराइज बैंकले ल्यायो नारी विशेष योजना



काठमाडौ । आफ्ना ग्राहकलाई नवीनतम र अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ । प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।

यसका साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीलाई पहिलो कारोबार गर्दा २५५ वा रु ३०० सम्मको छुटसमेत प्रदान गर्ने बैंकले जनाएको छ ।

यसैगरी सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५५  को छुट दिनेसमेत बैंकले जनाएको छ ।

हालको समयमा नारीहरु अझ बढी आधुनिक र स्मार्ट बन्न अतिआवश्यक छ। नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्नेसम्मका विभिन्न सुविधा निःशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजनाअन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरो सेयरले नारीहरुमा सेयर कारोबारप्रति अझ बढी प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ६ : १६ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात