१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

दल विभाजनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित, नेपाल र ठाकुरको दल दर्ता ‘फास्ट ट्रयाक’मा



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

सरकारको सिफारिसमा बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन । सो अध्यादेशको आधारमा राजनीतिक दलसम्बन्धी नियमावली समेत संशोधन भएको हो। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ।

राजपत्रमा प्रकाशित भएपछि त्यो कार्यान्वयनमा आउँछ । अब माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाल (लोकतान्त्रिक)लाई दल दर्ताको वैधानिक बाटो खुलेको छ ।

यी दुवै दलले बुधबार अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएपनि नियमावली संशोधन नभैसकेका कारण प्रक्रिया अघि बढेको थिएन । तर, निर्वाचन आयोगको बिहीबार बसेको बैठकले अध्यादेशअनुसार नियमावली संशोधन गरेको हो । आयोगले गरेको नियमावली संशोधन कानून मन्त्रालयमा पुगेपछि नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

नियमावली संशोधनसँगै दुवै नयाँ दलले निर्वाचन आयोगमा दिएको निवेदनको प्रक्रिया अघि बढ्ने भएको छ । दल दर्ताका लागि विवरण नपुगे आयोगले ती दलहरुसँग माग गर्नेछ । अब दल दर्ता प्रक्रिया फास्ट ट्रयाकमा हुनेछ ।

संशोधित नियमावलीमा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतका केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक’ भन्ने वाक्यांश राखिएको छ।

आजैदेखि उनीहरुको निवेदनमा प्रक्रिया अघि बढाउने निर्वाचन आयोगका एक आयुक्तले बताए। नियमावली राजपत्रमा आएकाले अब कानुनले तोकेको अरु प्रक्रिया पूरा भए नभएको र दर्ता हुने नहुने बारेमा निर्णय प्रक्रिया अघि बढाउने ती आयुक्तले बताए। दल दर्ताका लागि केही विवरण नपुग्ने भएमा मगाउने ती आयुक्तको भनाइ छ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १० : २५ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको

सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी । ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी