२२ चैत्र २०८२, आइतबार | April 6, 2026

मोटरसाईकल चोर चोरीको मोटरसाईकल सहित पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२(०१२प ७०६६नम्वरको कालो रातोरंङको २२० सीसीको पल्सर मोटरसाईकलमा हिँडिरहेका मोटरसाईकल चोरीमा संलग्न एकजनालाई नयाँबसपार्क, गंगबुबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्दै आएका २२ वर्षिय तेज थापा मगर रहेका छन् । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश३(०२( ०१० प ९४४६ खुल्न आएको महानगरिय ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरीपाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका (३घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएको एसएसपी भट्टराईले बताए । उनले निवेदकै आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वोर पठाईएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : २० बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको