२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

चिकेन आईटमको सबै परिकार एउटै छानामुनी, बुटवलमा खुल्यो चिकन च्वाईस



बुटवल । चिकन पारखीलाई लक्षित गरि रुपन्देहीमा चिकेनका सबै परिकारहरु एउटै छानामुनी उपलब्ध हुने भएको छ । एमबि चिकन च्वाईसले बुटवलको तिनकुनै स्थित आउटलेटबाट चिकनका सबै परिकार उपलब्ध गराउने भएको हो ।

कुखुराको मासु तथा रेडिमेड परिकारहरु सर्वशुलभ मुल्यमा आउटलेटमा उपलब्ध हुने संचालक यम बरालले जानकारी दिए । संचालक बरालका अनुसार ईट्टाभट्टीमा किचन राखिएको चिकन च्वाईसले मिलनचोक तिनकुनेमा मुख्य आउटलेट संचालनमा ल्याएको हो ।

भारतमा लामोसमय ग्रिन चिकचक नामको चिकन आईटम पाईने कम्पनीमा अनुभव लिएका मामा रमेश लोहनीको अनुभवलाई भजाएर बरालले स्वदेशमा नै ब्यवसाय शुरु गरेका हुन। सामाजिक क्षेत्रमा योगदान दिएका युवा बराल स्वरोजगारमुलक पेशामा युवाहरु अग्रसर हुनुपर्ने बताए ।

भारतमा २५ वर्ष भन्दा बढी सेवा गरेका संचालक लोहनी कोभिड १९ संक्रमण बढेसंगै स्वदेश फर्किएका थिए। लामोसमयको निषेधाज्ञा पछि उनी स्वदेशमै आफ्नो सीप र अनुभवलाई ब्यवसायका रुपमा अगाडि बढाउने योजना अगाडि बढाएका हुन् ।

मिलनचोक तिनकुनेस्थित आउटलेटमा चिकन सलामी, चिकन सिख कबाब, चिकन रोल, चिकेन ककटेल, चिकन लालिपप, चिकन पकौडा, रोस्टेड चिकन टिक्का, चिकन समोसा, रोस्टेड चिकन टङरी, रोष्टेड मलाई टिक्का, चिकनरोल मलाई टङरी, कहराई चिकन बोनलेस, चिकन समी कबाब, चिकन ड्रम स्ट्रिक, फुल चिकन स्किन, चिकन किमा, चिकन पिकल लगायत ३५ बढि चिकनका परिकार साथै मटन सिख कबाब समेत पाईने उनले बताए। आउटलेटमा ६ जना युवाहरुले रोजगार पाएका छन।

आउटलेटमा ग्राहकलाई छुटको ब्यवस्था समेत गरिने उनले बताए। अहिलेसम्म २५ लाख लगानी भएको चिकन च्वाईसमा माग अनुसार लगानी बढाईने लोहनीले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  २ : ०७ बजे

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको