१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

चिकेन आईटमको सबै परिकार एउटै छानामुनी, बुटवलमा खुल्यो चिकन च्वाईस



बुटवल । चिकन पारखीलाई लक्षित गरि रुपन्देहीमा चिकेनका सबै परिकारहरु एउटै छानामुनी उपलब्ध हुने भएको छ । एमबि चिकन च्वाईसले बुटवलको तिनकुनै स्थित आउटलेटबाट चिकनका सबै परिकार उपलब्ध गराउने भएको हो ।

कुखुराको मासु तथा रेडिमेड परिकारहरु सर्वशुलभ मुल्यमा आउटलेटमा उपलब्ध हुने संचालक यम बरालले जानकारी दिए । संचालक बरालका अनुसार ईट्टाभट्टीमा किचन राखिएको चिकन च्वाईसले मिलनचोक तिनकुनेमा मुख्य आउटलेट संचालनमा ल्याएको हो ।

भारतमा लामोसमय ग्रिन चिकचक नामको चिकन आईटम पाईने कम्पनीमा अनुभव लिएका मामा रमेश लोहनीको अनुभवलाई भजाएर बरालले स्वदेशमा नै ब्यवसाय शुरु गरेका हुन। सामाजिक क्षेत्रमा योगदान दिएका युवा बराल स्वरोजगारमुलक पेशामा युवाहरु अग्रसर हुनुपर्ने बताए ।

भारतमा २५ वर्ष भन्दा बढी सेवा गरेका संचालक लोहनी कोभिड १९ संक्रमण बढेसंगै स्वदेश फर्किएका थिए। लामोसमयको निषेधाज्ञा पछि उनी स्वदेशमै आफ्नो सीप र अनुभवलाई ब्यवसायका रुपमा अगाडि बढाउने योजना अगाडि बढाएका हुन् ।

मिलनचोक तिनकुनेस्थित आउटलेटमा चिकन सलामी, चिकन सिख कबाब, चिकन रोल, चिकेन ककटेल, चिकन लालिपप, चिकन पकौडा, रोस्टेड चिकन टिक्का, चिकन समोसा, रोस्टेड चिकन टङरी, रोष्टेड मलाई टिक्का, चिकनरोल मलाई टङरी, कहराई चिकन बोनलेस, चिकन समी कबाब, चिकन ड्रम स्ट्रिक, फुल चिकन स्किन, चिकन किमा, चिकन पिकल लगायत ३५ बढि चिकनका परिकार साथै मटन सिख कबाब समेत पाईने उनले बताए। आउटलेटमा ६ जना युवाहरुले रोजगार पाएका छन।

आउटलेटमा ग्राहकलाई छुटको ब्यवस्था समेत गरिने उनले बताए। अहिलेसम्म २५ लाख लगानी भएको चिकन च्वाईसमा माग अनुसार लगानी बढाईने लोहनीले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  २ : ०७ बजे

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली