२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाल पक्षको साथ छाडेका नेताहरुको अन्ततः नेपाल नेतृत्वकै पार्टीमा खुल्ने संकेत



काठमाडौं । एमाले विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरूको बैठकले अन्ततः माधव नेपाल नेतृत्वमा पार्टीमा सहभागी हुने संकेत गरेको छ । आज अपरान्ह बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिने अल्टिमेटम दिने र कार्यान्वयन नभएर नेपाल नेतृत्वको पार्टीमा खुल्ने संकेत गरेको हो ।

भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका नेताहरूको बैठकले अध्यक्ष ओलीलाई १०बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले पाँच दिनभित्र ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपाललाई साथ दिने सहमति भएको बताईएको छ ।

अध्यक्ष केपी ओली समयमा नसच्चिएको अवस्थामा नेपाल पक्षमा जानुपर्ने हुन सक्छ बैठकमा सहभागी एक नेताले बताए ।

शुरुदेखि नेपाल पक्षको मोर्चाको नेतृत्व गरिरहेका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरासहितका नेताहरुले अन्तिममा अध्यक्ष ओलीले उनीहरु बाहेकका माधव नेपाल सहित १४ जनालाई निष्काशन गरेपछि भने नेपालको साथ छाडेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ६ : ०६ बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली