१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेशसभा सदस्य अजय शाहीको स्वतन्त्र पहिचान रहने सम्झौता सार्वजनिक, एमालेको ह्वीप नलाग्ने



बुटवल । लुम्बिनी प्रदेशसभामा सुर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका अजय शाही माथि नेकपा एमालेले कारवाही गरेको भन्दै पदमुक्त गर्न माग गरिरहेका बेला एमाले र स्वतन्त्र समुहबीच भएको सम्झौता सार्वजनिक भएको छ । सुर्य चिन्हबाट निर्वाचन लडेका कारण उनीमाथि ह्वीप लागु हुने भन्दै ह्वीप विपरित सरकारमा सामेल भएको भन्दै पदमुक्त गर्न दवावस्वरुप लगातार प्रदेशसभा अवरुद्ध पारिरहेका बेला एमाले र स्वतन्त्र समुहबीच भएको सम्झौतापत्र सार्वजनिक भएको हो ।

सम्झौतापत्रमा सुर्य चिन्ह प्रयोग भएपनि सांसदहरुको पहिचान स्वतन्त्र हुने र स्वतन्त्र पहिचनकै आधारमा उनीहरुको गतिबिधिहुने उल्लेख गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेल र स्वतन्त्र समुहका तर्फबाट प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री हृदयेस त्रिपाठी, बिके गुप्ता कपिलवस्तु, पशुपतिदयाद मिश्र बाँके, ईश्वरदयाल मिश्र कपिलवस्तु र जगदिश शुक्ल बाँकेले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी प्रदेशका सदस्य अजय शाही स्वहि सम्झौता अनुसार स्वतन्त्र समुहबाट निर्वाचित भएका हुन् । एमालेले पदमुक्त गर्न भन्दै संसद अवरुद्ध पारिहेको अर्का सांसद विमला वली नेकपाबाट निर्वाचित भएकी सभासद हुन् । उनले गत बैशाखमा माओवादी केन्दै रोजेकी थिईन् । बैशाख २३ गते एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै ब्युँताईदिएपछि चैत्रको अन्तिम साता माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वलीले माओवादी केन्द्रमा खुल्ने निर्णय गरेकी थिईन् ।

स्वतन्त्र समुहको सम्झौता पत्र र विमलाको स्वेच्छिक पार्टी रोजाई भएका कारण उनीहरुमा एमालेको ह्वीप नलाग्ने भन्दै प्रदेशसभा सचिवालयले उनीहरुलाई पदमुक्त गरेको छैन । सचिवालयले आवश्यक प्रमाण जुटाउन एमालेलाई आग्रह गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १० : ५१ बजे

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष