१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी



काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो कुल राजस्व संकलन लक्ष्यको ९ दशमलव शून्य ५ प्रतिशत हो ।

निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा कुल १२ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका थिए । जसमा राजस्व शीर्षकअन्तर्गत एक वर्षमा ११ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

जसमा पनि कर राजस्व शीर्षकअन्तर्गत १० खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यसैगरी, अनुदानमार्फत चालू आवमा ६३ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार ३ भदौ अर्थात् बिहीबारसम्म सरकारले राजस्व शीर्षकमा ९७ अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जसमा कर राजस्व र गैरकर राजस्व शीर्षकमा क्रमशः ८० अर्ब १ करोड रुपैयाँ र १७ अर्ब १६ करोड रुपैयाँ उठेको छ ।

यसैगरी, अनुदान शीर्षकमा भने सरकारले बिहीबारसम्म राजस्व उठाएको छैन । अन्य शीर्षकमा भने १२ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठाएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यसअघिका वर्षमा मासिक राजस्व लक्ष्यसमेत नउठेको अवस्था थियो । चालू आवको बजेटमार्फत सरकारले प्रतिमहिना १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाए हुने थियो । तर, चालू आवको पहिलो एक महिनामै सरकारले कुल १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अहिलेसम्मको राजस्व संकलनको दर एकदमै उत्साहजनक भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार हालसम्म देखिएको यो उत्साहजनक राजस्व संकलनको दरलाई आगामी महिनामा पनि निरन्तर कायम राख्न सकेको अवस्थामा चालू आवका लागि लिइएको कुल लक्ष्य प्राप्ति सहजे हुने देखिन्छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलनको दर उत्साहजनक देखिए पनि विकास बजेट खर्चको अवस्था भने निकै कमजोर देखिन्छ । महालेखाका नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो महिना साउनमा कुल बजेट खर्च लक्ष्यको १ दशमलव शून्य ४ प्रतिशत मात्रै छ । अर्थात् यो वर्ष पनि अघिल्लो वर्षहरूमा जस्तै विकास खर्च कमजोर नै हुने देखिन्छ ।

तर, चालू आव समाप्तिको अन्तिम महिना जेठ र असारमा आएर हतारमा गरिने विकास खर्चका कारण त्यसअघिका महिना हुने खर्च न्यून नै हुने देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सरकारले बजेटमार्फत चालू आवमा पुँजीगत, चालू तथा वित्तीय खर्च गरी कुल १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । जसमा पुँजीगत खर्चतर्फ ४ खर्ब ३५ अर्ब रुपैयाँ, चालू खर्चतर्फ १० खर्ब ४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य राखेको छ । जसमध्ये चालू आवको पहिलो महिना साउनसम्म जम्मा १७ अर्ब १७ करोड रुपैयाँ मात्रै खर्च भएको देखिन्छ ।

यो खर्च कुल विनियोजित बजेट खर्च लक्ष्यको १ दशमलव १२ प्रतिशत मात्र हो । हालसम्म २२ अर्ब २२ करोड रुपैयाँ चालू खर्च भएको छ भने शून्य दशमलव २२ प्रतिशत अर्थात् ९५ करोड २३ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ भने लक्ष्यको २ दशमलव ४ प्रतिशत खर्च भएको छ । यो भनेको ४ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ हो । सरकारले विकास खर्चमार्फत प्रतिमहिना १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्नुपर्नेहुन्छ ।

कोरोना महामारीलाई बहाना बनाएर सरकारले गत आर्थिक वर्षमा कुल राजस्व संकलन लक्ष्यको ९२ प्रतिशत र कुल खर्च लक्ष्यको ८० प्रतिशत मात्रै लक्ष्य हासिल भएको बताएको थियो । यसरी, पुँजीगत खर्चमा कमी देखिँदा मुलुकको विकास बजेटमा विगतका वर्षहरूमा जस्तै अवस्था आउने सम्बन्धित सरोकारवाला एवं अर्थविद्हरूको अनुमान छ । उनीहरूले अब यो सरकारले मुलुकको पुँजीगत खर्च बढाउनेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताएका छन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ७ : ११ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक