४ पुस २०८२, शुक्रबार | December 20, 2025

भेरी अस्पतालमा सुर्खेत र दाङका कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आइतबार दुई जनाको मृत्यु भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ सुर्खेत निवासी ७१ वर्षीय लालबहादुर सिंहको भेरी अस्पतालमा मृत्यु भएको हो ।

बिरामी भएपछि यहि भदौ १ गते भर्ना भएका सिंहको सोहिदिन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज मध्यराति १२ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५५ वर्षीय खिमबहादुर केसीको मृत्यु भएको छ । साउन २७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी २८ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा अन्य जिल्लाबाट उपचार गर्न आएर मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । बांके जिल्लाको मात्रै मृत्युु संख्या भने ३२६ रहेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  २ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको