७ चैत्र २०८२, शनिबार | March 22, 2026

भेरी अस्पतालमा सुर्खेत र दाङका कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आइतबार दुई जनाको मृत्यु भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ सुर्खेत निवासी ७१ वर्षीय लालबहादुर सिंहको भेरी अस्पतालमा मृत्यु भएको हो ।

बिरामी भएपछि यहि भदौ १ गते भर्ना भएका सिंहको सोहिदिन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज मध्यराति १२ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५५ वर्षीय खिमबहादुर केसीको मृत्यु भएको छ । साउन २७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी २८ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा अन्य जिल्लाबाट उपचार गर्न आएर मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । बांके जिल्लाको मात्रै मृत्युु संख्या भने ३२६ रहेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  २ : ४६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा