१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् ।

सोमबार बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत हासिल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकमा लिइएको विश्वासो मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् । विपक्षमा शुन्य मत परेको छ ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद र एकजना स्वतन्त्र सांसदले मतदान गरेका छन् ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ जना सांसदले मतदान बहिस्कार गरे । मत बराबर हुने अवस्था नरहेका कारण सभामुख पूर्णबहादुर घर्तीले भने मतदान गर्नुपरेन ।

पूर्वमुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार साउन २७ गते गठबन्धनको नेतृत्व गर्दै केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ५ : १२ बजे

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले