११ चैत्र २०८२, बुधबार | March 26, 2026

एमाले स्थायी कमिटीको बैठक सर्‍यो



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ । आजको बैठकमा माधवकुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा सहभागी नभएका नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।

सोमबार नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न दबाब दिएका थिए ।

स्थायी कमिटी सदस्यहरुको सोही माग बमोजिम आज २०७५ साल जेठ २ गतेको अवस्थाको स्थायी कमिटी बैठक बस्ने र बैठकमा यसअघि उपस्थित नभएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने जनाइएको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतिलाई परिस्कृत गर्दै कार्यान्वयनमा भनिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ११ : ०८ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई