२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि, १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय



काठमाडौं । नेकपा एमाले पाटीलाई टुटफुट र विभाजनबाट जोगाउन सबै नेता कायकर्ताहरुलाई आग्रह गरेको छ ।

हालसम्म माधवकुमार नेपाल पक्षमा रहेका १० नेतासहित एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा उभिन सबै नेता कार्यकर्तालाई आग्रह गरेको हो ।

ललितपुरको बालकुमारी च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सामुहिक फोटो सेसन पछि प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका निर्णय सुनाउँदै माधवकुमार नेपालसहित नयाँ पार्टी दर्ता गर्न लागेका नेताहरुलाई त्यस्तो गलत कामबाट फिर्ता हुन आग्रह गरे । प्रवक्ता ज्ञवालीले आजको बैठक एकताको बैठक भएको बैठकले निस्कर्ष निकालेको बताए । बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुने अघिल्लो दिन एमाले स्थायी कमिटी बैठक बसेको हो । बैठकले माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । प्रवक्ता ज्ञवालीले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।

भीम रावल, घनश्याम भूसाल गोकर्ण विष्टसहितका नेपाल खेमाका नेताहरु यो स्थायी कमिटी बैठकमा सहभागीतासँगै अब औपचारिक रुपमा पार्टी संस्थापन पक्षमा समाहित भएका छन् ।

स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, यही भदौ २७ र २८ गते गर्ने भनिएको विधान महाधिवेशनलाई केही पछि सारेर असोज पहिलो ५ र ६ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

स्थायी कमिटी बैठकले पार्टीका सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिको संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ । यस्तै दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, गर्न र विभागहरुको पूर्णता दिन सात सदस्यीय कार्यदल बनाइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ६ : ३८ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा