६ पुस २०८२, आइतबार | December 21, 2025

एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि, १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय



काठमाडौं । नेकपा एमाले पाटीलाई टुटफुट र विभाजनबाट जोगाउन सबै नेता कायकर्ताहरुलाई आग्रह गरेको छ ।

हालसम्म माधवकुमार नेपाल पक्षमा रहेका १० नेतासहित एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा उभिन सबै नेता कार्यकर्तालाई आग्रह गरेको हो ।

ललितपुरको बालकुमारी च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सामुहिक फोटो सेसन पछि प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका निर्णय सुनाउँदै माधवकुमार नेपालसहित नयाँ पार्टी दर्ता गर्न लागेका नेताहरुलाई त्यस्तो गलत कामबाट फिर्ता हुन आग्रह गरे । प्रवक्ता ज्ञवालीले आजको बैठक एकताको बैठक भएको बैठकले निस्कर्ष निकालेको बताए । बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुने अघिल्लो दिन एमाले स्थायी कमिटी बैठक बसेको हो । बैठकले माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । प्रवक्ता ज्ञवालीले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।

भीम रावल, घनश्याम भूसाल गोकर्ण विष्टसहितका नेपाल खेमाका नेताहरु यो स्थायी कमिटी बैठकमा सहभागीतासँगै अब औपचारिक रुपमा पार्टी संस्थापन पक्षमा समाहित भएका छन् ।

स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, यही भदौ २७ र २८ गते गर्ने भनिएको विधान महाधिवेशनलाई केही पछि सारेर असोज पहिलो ५ र ६ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

स्थायी कमिटी बैठकले पार्टीका सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिको संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ । यस्तै दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, गर्न र विभागहरुको पूर्णता दिन सात सदस्यीय कार्यदल बनाइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ६ : ३८ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक